काठमाडौं । भारतमा रहेका नेपालीलाई आफुरहेकै स्थानमा सुरक्षित रहन भारतस्थित नेपाली दुतावासले आग्रह गरेको छ ।
नेपाली दुतावासले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणले जनजीवन त्रसित भएको समयमा भारतमा रहेका सम्पुर्ण नेपालीहरुलाई सुरक्षित रहन आग्ह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतका विभिन्न राज्य सरकारले जारी गरेका विभिन्न निर्देशनको सम्मान तथा पुर्ण पालना गर्दै आफू र आफ्नो परिवार सुरक्षित रहन भारतमा रहेका नेपालीहरुलाई यस दुतावास आग्रह गर्दछ ।’
कोभिड-१९ को संक्रमणलाई फैलिन नदिन भारतका विभिन्न राज्यले लकडाउन जारी गरिसकेको, लामो दुरीका रेल तथा बस सेवा बन्द गरेको र आजको मितिदेखि नेपालले भारतीय नाका बन्द गरेकाले आवतजावत नगरी जहाँ रहनुभएको छ त्यही सुरक्षित रहन दुतावासले भनेको छ ।
साथै दुतावासले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि सम्पुर्ण नेपालीहरुलाई अपिल गरेको छ ।










प्रतिक्रिया दिनुहोस्