Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


भायानेटले ल्यायो नयाँ रिफरल योजना !

तीन महिनाको इन्टरनेट र ड्युल ब्याण्ड राउटर सित्तैमा

130
Shares

काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै ‘एमआइ’ कम्पनीको ड्युल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।

योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् ।

साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै ‘एमआइ’ ब्राण्डको ड्युल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

ग्राहकले रिफरल इनामको लागि योग्य हुन रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ । भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् ।

ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् ।