मार्च महिनामा बढे पर्यटक, भारतबाट मात्रै १५ हजार भित्रिए « Imagekhabar – Online News Portal of Nepal


मार्च महिनामा बढे पर्यटक, भारतबाट मात्रै १५ हजार भित्रिए

बंगलादेश, भारत र श्रीलंकामा मार्केटिङ गर्नुपर्ने बोर्ड अध्यक्ष रेग्मीको भनाइ

169
Shares

काठमाडौं । कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरूको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो ।

छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएका छन् । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको थियो ।

बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उहाँले उल्लेख गर्नुभयो । अहिलेकै अवस्थामा अगाडि बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।

विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

डा. रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतीय पर्यटहरुलाई प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।