Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


नेपाल फर्किएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदन दिन मन्त्रालयको अनुरोध


169
Shares

काठमाडौं । सरकारले कोभिड–१९ महामारीको अवधिमा विदेशबाट नेपाल फर्किएका र बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूले चैत्र २५ गतेभित्र निवेदन दिन अनुरोध गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीले मन्त्रालयको वेवसाइटमा राखिएको निवेदनको ढाँचा अनुसार विवरण खुलाइ मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा पठाउन अनुरोध गरेको हो ।

लामो समयदेखि चीनमा एमबीबीएस पढ्न गएका र बीचमै पढाइ छाडेर नेपाल आएका विद्यार्थीले इन्टर्न गर्न नपाएको भन्दै आन्दाेलन गर्दै आएका थिए ।