२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


विदेशमा पढ्न जान रोकिएका विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने


325
Shares

काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका कारण चीन लगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आग्रह गरेको हो । निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखामा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि चीन लगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाईदिन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका थिए ।