Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


शेयर बजारमा दोहोरो अंकको गिरावट जारी


104
Shares

काठमाडौं । साताको पहिलो दिन शेयरबजार परिसुचकमा दोेहोरो अंकले घटेको छ ।

आज (आइतबार ) नेप्से ३० अंकले घटेर २५ सय १३ मा बन्द भएको हाे। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएकोछ। आज २ सय २५ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार माथिको ३२ लाख ५३ हजार ८ सय १६ कित्ता शेयरको खरीदविक्री भएकोछ।

नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेपनि आइतबार तीन स्टकको मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएकोछ। आइतबार राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले वृद्धि भएकोछ भने इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

आइतबार युनाइटेड आईडि आई मार्दि आरबी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत भन्दा बढीले घटेकोछ भने सामलिङ पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको ४ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आउँदा सबै भन्दा धेरै अन्य समूहको परिसुचकमा ३ प्रतिशतले घट्दा विकास बैंक, वित्त, हाइड्रोपावर, लगानी समूहको परिसुचकमा १ प्रतिशले घटेकोछ। आइतबारको कारोबारमा कारोबार रकमको आधारमा सूर्य लाइफ इन्सुरेन्सको ९ करोड माथिको कारोबार हुदा दोस्रो र तेस्रो स्थानमा सिदार्थ इन्सुरेन्स र नविल बैंक रहेका छन् ।

जसको क्रमश ५ र २ करोड माथिको कारोबार भएको नेप्सेले जनाएकोछ ।