
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताउनु भएको छ ।
आइतबार तनहुँको शुक्लागण्डकी–९ स्थित तालवेशीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले ‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिन आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेतर्फ ईंगित गर्दै भन्नुभयो– ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’ काम नगरी जित्ने परिस्थिति बने समृद्धि आर्जन गर्न नसकिने नेता पौडेलको भनाई छ । नेता पौडेलले कांग्रेसले आसन्न निर्वाचनमा स्पष्ट योजना प्रस्तुत गर्ने पनि उल्लेख गर्नुभयो ।
उहाँले ‘संविधानले निर्दिष्ट गरेका जनताको थुप्रै आवश्यकता पूरा नभएका भन्दै पहिला ती विषयलाई पूरा गनुपर्नेमा जोड दिनुभयो । पौडेलले संविधानले ‘खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको भन्दै त्यसअनुरुप दलहरुले कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जनताका लागि ‘भ्यु टावर नभई पानी ट्यांकी बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्