Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


ग्याँस नपाए १० बजेदेखि ५ बजेसम्म यी ठाउँमा जानुस् !


0
Shares

काठमाडौं, चैत्र ९ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आज (आइतबार)देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा गरिने भएको छ ।

कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो ।

नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको हो । निगमले ग्याँसको आयात पर्याप्त रहेकोले आवश्यकताभन्दा धेरै ग्याँस सञ्चित नगर्न पनि आग्रह गरेको छ । माग बढेकैले निगमले थप १५ हजार टन ग्याँस माग गरेको पनि जनाएको छ ।

थप बिक्री केन्द्रहरु,

१. नेपाल र तारा ग्यास– बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट

२. सागर र चण्डी ग्यास– जडीबुटी बिक्री डिपोबाट

३. एसटीसी ग्यास– कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट

४. ओम ग्यास– थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट

५. बाबा, श्री र लुम्बिनी ग्यास– कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडिबाट

६. एचपी ग्यास– असिम किचेन एण्ड सप्लायर्स

७. सिद्धार्थ ग्यास– इमाडोलको केसी एलपी सप्लायर्सबाट

८. श्रीमाया ग्यास– सतुङ्गलको डिपोबाट

९. लोकप्रिय ग्यास– नैकापको भाञ्जा ट्रेडर्सबाट

१०. राजधानी ग्यास– सीतापाइलामा रहेको डिपोबाट

११. सूर्य ग्यास– जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट

१२. गीता ग्यास– धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट

१३. हिमाल ग्यास– भगवती वहालको प्रयास ट्रेडर्सबाट

१४. नमस्ते ग्यास– कागेश्वरी मनहराको कुमार स्टोरबाट

१५. भानु ग्यास– गोङ्गबुको लिला ग्यास डिपोबाट

१६. एभरेस्ट र सुगम ग्यास– सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट

१७. श्रीराम ग्यास– हरिसिद्ध ललितपुरको श्रीराम ग्यास

१८. मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट