Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


विप्लव समूहका ईन्चार्जसहित दुई जना पक्राउ


0
Shares

रौतहट  । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका रौतहट ईन्चार्ज सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर–५ थलहीटोलका जिल्ला ईन्चार्ज कुमार राई भनिने मानबहादुर राई र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङका युवा संघका रौतहट अध्यक्ष जगत भनिने कमल गुरुङ रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान ह्याण्ड ग्रिनेड,सात थान मोबाइल सेटलगायत विभिन्न दस्तावेज बरामद गरेको प्रहरीले जनाएको छ ।