कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अति जरुरी काम बाहेकको अबस्थामा आवतजावत नगर्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको संक्रमणको त्रासले कैलालीकोे गौरिफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था बुझ्न शनिबार बिहान नाकामा पुगेर मुख्यमन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन ।
नेपालसँग जोडिएका भारतीय बजारमा सामान किनमेल बन्द गर्न सबैलाई आग्रह गर्दै उनले भारतबाट नेपाल भित्रिने सबैलाई कडाई साथ जाँच गर्न निर्देशन दिए ।
तीनै तहका सरकार कोरोना भित्रिन नदिन लागि परेको बताउँदै उनले सरकारले गरेका निर्णयलाई पालन गरेर जनताले साथ दिन आवशयक रहेको बताए ।
सोही क्रममा मुख्यमन्त्री भट्टले कोरोना संक्रमण चेकजाँच गर्न विभिन्न नाकामा संचालन भएका हेल्थ डेस्कको पनि अवलोकन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्