 
	    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय नमान्नेलाई पार्टी छोड्न चुनौती दिनुभएको छ ।
आज (शुक्रबार) नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धन जनताले दिएको म्यान्डेट नभएपनि परिस्थितिले सिर्जना गरेको र मुलुकको आवश्यकता भएको बताउनुभएको छ ।
संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहने उहाँकाे दावी छ। स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानेसमेत बताउनुभयाे।
पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै पनि गठबन्धनविरुद्ध बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको उहाँले बताउनुभयाे ।
लोकप्रिय बन्ने नाउँमा पार्टीलाई क्षति पुराउने काम मात्रै भएको उहाँकाे तर्क छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्