Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


प्रेम अधिकारीको शब्दमा गायिका सुनिताको ‘यो मन’, तयार भयो दमदार भिडियो


0
Shares

काठमाडौं । संचारकर्मी प्रेम अधिकारीको शब्द र गायिका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेकी हुन । गायिका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताईन ।

संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वी नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

भिडियोमा समिर, बसन्त, सुधामा, सुस्मिता र अस्मिताले अभिनय गरेका छन । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाई भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।

इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत विद्यालयको संचालक समेत रहेकी गायिकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरिरहेकी छन ।

इलामबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अधिकारीको शब्द रहेका एक दर्जन बढी गीत बजारमा आइसकेका छन ।