
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, साउन २५ । कन्चनपुरमा अप्राकृतिक मैथुन गरेको आरोपमा एकजना ६६ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
बेदकोट नगरपालिका–७, गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भीमदत्त नगरपालिका–३, तिलकपुर बस्ने गोपाल धामी पक्राउ परेका हुन् ।
झारफूक गर्ने उनले बिहीबार राति बालकलाई आफूसँगै सुताउन आग्रह गरेको र मुखमैथुन गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब निरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
उनले मुखमैथुन गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले धामीलाई बिहीबार राति नै पक्राउ गरेको हो ।
साउन महिनामामात्रै कन्चनपुरमा ६ जना बालिकामाथि बलात्कारको घटना भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्