२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


‘सजिलो मर्मत सेवा’ बन्यो सजिलो सेवा


78
Shares

काठमाडौं । ‘सजिलो मर्मत सेवा’ले रि–ब्रान्डिङ गरेको छ ।

कम्पनीले नाम रि–ब्रान्डिङ गरेर ‘सजिलो सेवा’ नामबाट देशैभर सेवा दिने जनाएको छ । रि–ब्रान्डिङमात्र नभई कम्पनीले सजिलो सेवा मार्फत थप सेवाहरु जस्तै कीट नियन्त्रण, घरको तथा पानि ट्यांकीको सर(सफाई, घरमै सौन्दर्य सेवा एलुमिनियमको झ्याल ढोका तथा विभाजन लगायत अन्य आवश्यक सेवाहरु पनि प्रदान गर्ने छ ।

विगत पाँच वर्षदेखि सजिलो सेवाले घरायसी मर्मत सम्भारको सुविधा दिँदै आएको थियो । कम्पनीले घरमा धारा, बिजुली, टीभी, फ्रिज, कम्प्युटर आदि बिग्रिएमा मर्मत गर्ने, प्लम्बिङजस्ता सेवा घर–घर पुर्‍याउने काम गर्दै आएको थियो ।

सजिलो सेवाले कस्मेटिकसम्बन्धी सेवाहरू पनि थप गर्ने योजना बनाएको छ । सजिलो सेवाले आफ्नो ग्राहकहरुको थप सुविधाको लागि छिट्टै आफ्नो मोबाइल एप पनि बजारमा ल्याउने जनाएको छ ।

सजिलो सेवाले ‘ट्रु नर्थ एसोसिएट्स’ बाट १० करोड लगानी पाएसँगै कम्पनीका निम्ति योजना ल्याएको हो । उक्त लगानीबाट सेवाका क्षेत्र बढाउने सोच कम्पनीको छ । कम्पनीको तिब्र विकासलाई ध्यानमा राखी सजिलो सेवा अब काठमाडौँमा मात्र सीमित नभई देशभर आफ्नो सेवा प्रदान गर्ने तिर लागि रहेको छ