Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


देउवाले महाधिवेशन टार्न खोजेको टिप्पणी


0
Shares

रोमन आचार्य र भरत केसी (इमेज)

काठमाडौं, चैत ७ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण रोक्ने तयारी भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको ‘कोरोनाभाइरस’लाई बहाना बनाएर पार्टी सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनाका लागि तय गरिएको महाधिवेशन टार्न खोजेको टिप्पणी हुन थालेको छ ।

नेपाली कांग्रेसको विधानमा हरेक चार वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख छ । १३औं महाधिवेशन सम्पन्न भएको चार वर्ष बितिसकेको छ । एक वर्ष कार्यकाल थपिएको छ ।

२०७७ साल फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय भइसकेको छ ।

तर, कोरोनाभाइरसको बहानामा पार्टी सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनको कार्यतालिकामा असर पार्ने कदम उठाउन लागेका छन् ।

त्यसको पहिलो कदमका रुपमा क्रियाशील सदस्यता वितरण रोक्ने प्रयासस्वरुप देउवाले आफूनिकट जिल्ला सभापतिहरुमार्फत् दबाब बढाउन लगाएका छन् ।

पार्टीका मुख्यसचिव कृष्ण पौडेल क्रियाशील सदस्यता वितरण रोक्न जिल्ला सभापतिहरुले दबाब दिइरहेको बताउँछन् ।

उसो त सदस्यता वितरण रोक्न देउवाले पार्टीभित्र सहमतिको खोजी नगरेको होइन । देउवाको आग्रहलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले अस्वीकार गरेको बताइन्छ ।

कांग्रेसको आन्तरिक राजनीतिलाई नजिकबाट हेरिरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सभापति देउवाले २०७७ फागुनमा पनि महाधिवेशन नगराउने रणनीति लिएको टिप्पणी गर्छन् ।

महाधिवेशन तोकेकै समयमा हुन वैशाख मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण गरिसक्नु पर्दछ ।

अहिले सदस्यता वितरण रोकियो भने त्यो सम्भावना रहँदैन र महाधिवेशनको कार्यतालिकामा सोझै असर पर्छ ।

देशको लोकतान्त्रिक पार्टीको पहिचान बनाएको कांग्रेसले आन्तरिक महाधिवेशन समयमै गरेर उदाहरण प्रस्तुत गर्नु पर्दछ ।

तर, गुट बलियो बनाउने नाममा थपिएको अवधिमा समेत महाधिवेशन नगराउने खेल हुने हो भने कांग्रेसको लोकतान्त्रिक छविमा दाग लाग्ने सम्भावना रहन्छ ।

भिडियो हेर्नुहोस्

Skip This