
काठमाडौं । विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो रहेको भन्दै दबाब बढाउन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले इभी र्याली गर्ने भएको छ ।
सरकारले महत्वकांक्षी नीति ल्याएपनि विद्युतीय सवारी साधनको संख्यामा लक्ष्य अनुसारको वृद्धि नभईरहेको बेला इप्पानले हिमालयन हाइड्रो एक्स्पोमा विद्युतीय सवारीसाधनको र्याली आयोजना गर्न लागेको छ ।
आगामी शनिबार बिहान ७ बजे काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु हुने र्याली नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ्क पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ ।
र्यालीमा करिब दुई सय सवारी साधन सहभागी हुने बताइएको छ । र्यालीपछि हिमालयन एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्