
काठमाडौँ । अहिले नेपाली सीने जगतमा सफल नायक मानिएका अनमोल केसीले २८ औँ बसन्त पार गरेका छन् ।
बुधबार (आज)उनले आफ्नो जन्मदिन मनाइरहेका छन् ।नेपाली सिनेमामा अनमोल केसीलाई अहिले राम्रो नायककका रुपमा हेरिने गरिएको छ । उनले सानै उमेरदेखि अभिनय यात्रा सुरु गरेका हन् । मूख्य भुमिकामा रहेर अभिनय गरेको फिल्म ‘होस्टेल’ पछि उनी युवा पुस्ताका आइडल बने । जन्मजात फिल्म बिरासत बोकेका उनी अभिनेता, निर्माता तथा निदेर्शक भुबन केसी र अभिनेत्री सुस्मिता केसीका छोरा हुन् । नेपाली सिने जगतमा प्रेम प्रसंगका फिल्महरूप्रति दर्शकको रुचि हराउँदै गएका बेला दर्शकलाई उनले नयाँ सम्भाबना देखाए ।
फिल्म ‘होस्टेल’ सुपरहिट भएपछि अनमोलले पछाडि फर्केर हेर्नु परेन । जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन र ए मेरो हजुर ३ उनले खेलेका सब फिल्म हिट भएका छन् । त्यस्तै उनले फिल्म ‘म तिम्रै हुँ’ लाई आमा सुस्मितासँग मिलेर निर्माण गरेका थिए । अब उनको आगामी फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते देखि प्रदर्शन हुनेछ । यस पटक अनमोल कति सफल हुन्छन् भन्ने कुरा फिल प्रदर्शन भएपछि थाहा हुने छ । अनमोल सफल नायकको रुपमा स्थापित भएपनि उनको अभिनय क्षमतालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ ।
हरेक पटक फिल्म प्रर्दशन भएपछि समिक्षकहरूले उनको अभिनयमा निखार नआएको भन्दै समिक्षा गरेको पाइन्छ । हरेक फिल्ममा आलोचना खेप्दै आएका अनमोलले ‘ए मेरो हजुर ४’ को टे«लरमा भने अभिनयमा सुधार गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्