द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन « Imagekhabar – Online News Portal of Nepal


द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन


78
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि द्विविधा नलिईकन स्थानीय तहको निर्वाचनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बुधबार आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र तयारी सम्वन्धि भर्चुअल बैठकमा ओलीले द्विविधा नलिइ निर्वाचनमा लाग्न निर्देशन दिनु भएको हो । ओलीले बिगतमा एमालेको सरकारले गरेका राम्रा कामहरु लिएर जनतामा जान पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमाले एक पार्टी र अरु सबै पार्टी मिलेर एक पार्टी भएकाले निर्धक्क भएर निर्वाचनमा होमिन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभएको थियो । त्यसैगरी मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभएको थियो ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित नगर र गाउँपालिका प्रमुखहरू सहभागी थिए ।