Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


रसुवामा एकीकृत बस्ती निर्माणकाे काम सुरु


65
Shares

रसुवा । रसुवाको उत्तरगया गाँउपालिका एक तीरु तथा गोगने गाँउका सयौं विस्थापीत परिवालाई तीरुमा एकीकृत बस्ती निर्माण गर्ने काम सुरु गरिएको छ ।

२०७२ सालको भुकम्पबाट विस्थापीत परिवारलाई सात वर्षपछि सोहि ठाँउको तीरुमा एकीकृत बस्तीमा आवास निर्माणको काम सुरु गरिएको हो ।

सत्तरी रोपनी जमीन अधिग्रहणगरि एक सय छ घर परिवारका लागि दुई कोठे भुकम्प प्रतिरोधात्मक अवास निर्माण भई रहेको छ । काधुरी संस्थाले निमार्ण गरि रहेको एकीकृत बस्तीमा प्रत्येक घरबाट एक जना श्रमदानमा जुटेका छन भने अन्य खर्च संस्थाले नै बेहोरेको छ ।

अहिलेसम्म ५१ घर निर्माण भई सकेको छ भने बाँकी घर आगमी मंसिरसम्ममा सम्पन्न गरिने गरि संस्थाले काम गरिरहेको उत्तरगया गाँउपालिका वडा नम्बर-१ का वडा अध्यक्ष बमबहादुर तामाङले बताउनुभयो ।

एकीकृत बस्ती निर्माणका लागि आवश्यक निर्माण समाग्री ढुवानी गर्न संसद विकास कोष प्रदेश सरकार तथा गाँउपालिकाले गरेको आर्थिक सहयोगबाट ७ दशमलव ५ किलोमिटर कच्ची सडक निर्माण गरि गाँउमा सडकको पहुँच पुर्याई सकिएको छ ।

विद्युत खानेपानी स्वस्थ्य तथा बालबालिका अध्ययनका लागि विद्यालको समेत व्यवस्था गाँउपालिकालेगरि रहेको गाँउपालिकाका अध्यक्ष उपेन्द्र लम्सालको भनाइ छ ।

जग्गा खरिद प्रकृयामा लामो समय बितेपछि पुननिर्माण प्राधिकरणबाट काम नहुने होकि भन्ने अवस्थामा पुगेका विस्थापीत परिवार आफ्नै गाँउमा एकीकृत बस्ती निमार्ण गरी बसोबास गर्नपाएपछि सुरक्षित स्थानमा बस्न पाएकोमा उनीहरुले खुशी महशुस गरेका छन ।