Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


रमजान अघि साउदीमा ऊँट लिलामी, एउटा ऊँट २२ करोडमा बिक्री


2.6k
Shares

एजेनसी । इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान शुरु हुनु अघि साउदी अरबमा एउटा दुर्लभ ऊँट निकै महंगोमा लिलामी भएको छ ।

साउदी अरबमा निकै दुर्लभ मानिने सो ऊँट बोल कबोलमा लिलामी भएको हो । शुरुमा ५० लाख साउदी रियालबाट बोली लगाउन शूरु गरिएको ऊँटलाई एक वक्तिले ७० लाख दिएका हुन् । सो ऊँट दुर्लभ र अनौंठो प्रकारको सौन्दर्य पनि भएकाले ती ब्यक्ति ७० लाख रियाल (नेपाली रुपैयाँ २२ करोड ७१ लाख भन्दा बढी) तिर्न सहमत भएका हुन् ।साउदी अरेबियाको स्थानीय समाचार पोर्टल ‘अलमार्द’ ले सो ऊँटको लागि सार्वजनिक लिलामी आयोजना गरिएको र बोल कबोल गर्दै जाँदा ७० लाख रियालमा गएर मूल्य टुंगिएको जनाएको छ ।

साउदी अरबको संस्कृतिमा ऊँट

साउदी अरबको मरभूमी र ऊँटबीच निकै पुरानो सम्बन्ध रहेको छ । ऊँट साउदीका मानिसहरूको सांस्कृतिक पक्ष हो । ऊँट साउदीका मानिसहरूको जीवनमा धेरै पहिला देखि समावेश छ । यसलाई मरभूमीको ऊँट पनि भनिन्छ । रमजानमा पनि ऊँटको निकै महत्व रहेको हुन्छ । रमजान महिना सकिदै गर्दाको अघिल्लो दिन ऊँटको बलि दिने चलन पनि रहेको छ । इस्लाम धर्ममा बलि दिने पशुलाई ३ भागमा बिभाजन गरिन्छ । जसमा एक भागलाई गरीबहरूमा बाडिन्छ भने बाँकीका दुई भागलाई परिवार र आफन्तका लागि राखिन्छ । साउदी अरबमा नै विश्वको सबैभन्दा ठूलो ऊँट पर्व पनि आयोजना गरिन्छ ।

ऊँट क्लवको तर्फबाट आयोजित गर्ने यस पर्वको उद्देश्य साउदी अरब, खाडी देश र इस्लामिक संस्कृतिमा ऊँटको विरासतलाई बलियो बनाउने र ठूलो बनाउने हो । यस पर्वबाट पर्यटन, खेल र मनोरञ्जनलाई पनि बढावा दिने गरेको पाइन्छ ।