२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


एक लाखको अक्षय कोष स्थापना


611
Shares

काठमाडौं । शिक्षासेवी रीता श्रेष्ठले ललितपुरकाे लुभूस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा ‘स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष’ स्थापना गर्नुभएको हो ।

अक्षय कोषकाे ब्याजबाट प्राप्त रकमले सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षकलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

यस वर्षको उत्कृष्ट शिक्षिकाको पुरस्कार महालक्ष्मी माविकी प्रमिला श्रेष्ठलाई प्रदान गरिएको छ ।