Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


आय बढाउन महिलालाई सीप प्रदान


117
Shares

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी पन्ध्र दिने तालिम प्रदान गरेको छ ।

ग्रामीण भेगमा कम आय भएका महिलाहरुको आय बढाउन गाँउपालिकाले महिलाहरुलाई उद्यमशिलता विकास सम्बन्धी तालिम संचालन गरेको हो ।

लोप हुन लागेको परम्परागत पोशाकको जर्गेना गर्न तथा उनीहरुको आय बढाउन पाजुङका महिलाहरुलाई घरेलु तान सम्बन्धि सीप प्रदान गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउ घरमा विवाह तथा साँस्कृतिक चाडपर्ब उत्सवहरुमा आफ्नो पहिचान दिने परम्परागत पोशाक स्यामा पाङ्गाप टोपी लगायतका पोशाक निर्माण गरि बिक्री गर्दै थोरै भने पनि उनीहरुको आय बढाउन सकिने गरि घरेलु तान सम्बन्धि सीप प्रदान गरिएको गाँउपालिकाका प्रमुख बुचुङ तामाङले बताउनुभयो ।

ग्रामीण भेगमा आय आर्जनको अवसर नपाएका महिलाहरुका लागि यस खालको सिकेको सीपले घरायसी कामसँगै परम्परागत पोशाक निर्माण गरि बिक्री गरे बापतको रकमले घरायसी खर्चमा थप सहयोग मिल्ने तालिममा सहभागी महिलाहरु बताउँछन् ।