२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


धादिङमा बस र कन्टेनर आपसमा ठोक्किँदा चारजना घाइते


0
Shares

धादिङ, साउन २५ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा आज बस र कन्टेनर एक आफसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख ४३५ नम्बरको कन्टेनर आज विहान सवा ८ बजे आपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा कन्टेनर चालक र बसमा सवार ३ जना गरि ४ जना घाइते भएका छन् ।

घाइतेको धार्के अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजी भइरहेको छ ।