Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राजपाका संयोजकमा भण्डारी


0
Shares

काठमाडौं, चैत ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमन्डलका संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्षमन्डलको मंगलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ ।

अध्यक्षमन्डलका ६ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि, महेन्द्रराय यादव राजपा अध्यक्षमन्डलको संयोजक थिए । रासस