१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको युक्रेनका राष्ट्रपतिको गुनासाे


806
Shares

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध एक महिना नाघिसकेका बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरुले रुसप्रति चालेको कदम निकै ढिलाे प्रयास भएको आरोप लगाउनुभएको छ ।

बेल्जियमको ब्रसेल्समा भएको युरोपियन परिषदको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको आरोप लगाउनुभएको हो ।

यद्यपी युद्धकाबीच युरोपले गरिरहेको सहयोगका लागि जेलेन्स्कीले युरोपका नेताहरुलाई धन्यवाद दिनुभएको छ । सम्बोधनको क्रममा जेलेन्स्कीले युरोपेली राष्ट्रहरुले रुसमाथि लगाएको प्रतिबन्ध लगाउन प्रशंसनीय भएपनि यो कदम निकै ढिला चालिएको र जसका कारण युक्रेनका जनताले यो नियती भोग्नुपरेको जानकारी दिनुभयो । सम्बोधनकै क्रममा उहाँले आफ्नो देशमा गरेको विनाश र क्षतिका विषयमा परिषदलाई जानकारी समेत गराउनुभएको थियो ।

विगत एक महिनादेखि जारी युद्धका कारण युक्रेनका बालबालिकासहित एक करोड भन्दा बढी मानिस आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन् ।