Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कर्णालीमा एसईईको तयारी पूरा: ३७ हजार २३ परीक्षार्थी, एक सय ७६ परीक्षा केन्द्र


0
Shares

– हेमन्त कंडेल/मानबहादुर वली /इमेज 

सुर्खेत । कर्णाली प्रदेशमा पनि एसईईको सम्पूर्ण तयारी पूरा भएकोे छ । परीक्षामा ३७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुंदै छन् ।

कर्णाली प्रदेशबाट ३७ हजार २३ जनाले परीक्षा दिने भएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी आठ हजार सात सय ११ र डोल्पाबाट सबैभन्दा कम सात सय २० जना परीक्षार्थी सहभागी हुने छन् ।

कोरोनाको त्रासका बीच पनि निर्धारित समयमा नै एसइई परीक्षा सञ्चालन गराउनेमा शिक्षा मन्त्रालय अडिग छ । परीक्षा बोर्डले पनि देशभर १९ सय ९५ वटा परीक्षा केन्द्र तोकिसकेको छ ।

त्यस्तै एसइईको लागि आवश्यक प्रश्नपत्र तयार गरी सबै केन्द्रमा पठाइसकेकोे छ । अभिभावकहरु भने चैत ६ मै एसइई परीक्षा हुनपर्छ भन्नेमा सहमत देखिंदैनन ।

विद्यार्थीपनि परीक्षामा सहभागी नभए पछि पर्ने डर र सहभागी भए संक्रमित भइन्छ कि भन्ने त्रासमा रहेको बताउँछन् ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै  शिक्षा निर्देशनालयले पनि हरेक विद्यालयमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ ।

तर पनि विद्यार्थीहरुले त्रासका बीच परिक्षाको तयारी गर्नुपरेको जन मावि सुर्खेतका प्र.अ. यामबहादुर श्रेष्ठको भनाइ छ ।

कर्णाली प्रदेशभर एक सय ७६ वटा परीक्षा केन्द्र रहनेछन । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन पाँच हजार बढी कर्मचारी खटिने निर्देशनालयले जनाएको छ ।