अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित « Imagekhabar – Online News Portal of Nepal


अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित


234
Shares

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ ।

थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो ।

खेलको ७८ औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी, ८९ औं मिनेटमा चाओवाटले गोल गर्दै थाइल्यान्डलाई २–० को जित दिलाए ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।