१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश (पूर्णपाठ)

म्यानेजर कृष्ण जोशी १ लाख धरौटीमा रिहा

3.796k
Shares

काठमाडौं । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यसै मुद्दामा शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएसँगै जोशी बिहीबार साँझनै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुबै पक्षबाट बहस गरिएको थियो ।

जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो ।

प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेका थिए ।