 
	    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ ।
गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी तीनै तहका चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभयो ।
कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदार एक भएरै चुनावमा सहयात्रा गर्ने बताउनुभयो । चितवनका कांग्रेसीहरुले भन्दैमा नहुने भन्दै उहाँले चितवनमा पनि चुनावी गठबन्धन हुने दाबी गर्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएका दाहालले माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन पनि गर्नुभएको छ ।
कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीबाट विस्थापित र स्थानान्तरित भएका चेपाङको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्