२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कालोपत्रेको माग गर्दै जोरपाटी-साँखु सडकखण्ड बन्द


494
Shares

काठमाडौं । जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीवासीले सडक बन्द गरेका छन् ।

सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन् ।

सडक कालोपत्र गर्न दवाव दिएको स्थानीयले बताएका छन् । २०७६ जेठ मा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो । तर दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीय बासिन्दाले विरोध गरेको बताएका छन् ।

थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेर्साएर स्थानीयले सडक अवरोध गरेको स्थानीयको भनाइ छ । लामो समयदेखि बाटो भत्काएर निर्माण कार्य अघि नबढाउँदा धुलो र हिलोले समस्या भएकाले विरोध गर्नुपरेको स्थानीयहरु बताउँछन् ।

उनीहरूले नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाललाई घेरा हालेका थिए । सडक कालोपत्र गर्न सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।