
काठमाडौं, चैत ४ । सोमबार सामान्य अंकले उकालो लागेको सेयरबजारमा मंगलबार पुन: गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओर्लिएर १२ सय ७२ मा आइ थामियो ।
यसदिन कारोबार भएका सबैजसो समूहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ३३८ अंकले ओर्लंदा उत्पादनमूलक समूहमा ११५ अंकको गिरागट आयो ।
यसदिन कारोबार भएकामध्ये सामूहिक लगानीकोष सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
यसदिन १७५ कम्पनीको ४३ लाख ६७ हजार कित्ता सेयर जम्मा एक अर्ब ४६ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्