
काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिराहा प्रशासनले हातहतियार बुझाउन सूचना जारी गरेको छ ।
चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गर्नुभएको हो ।
चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने कवारीको चेतावनी छ ।
सिराहाभर तीन सय दुई हातहतियार प्रयोगका लागि अनुमति लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्