
पेरिस, साउन २५ । फ्रान्समा आएको बाढीमा फसेका एक हजार ६ सय जनाको उद्धार गरिएको छ ।
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको गार्दको समर क्याप्पमा छुट्टी मनाउन गएकाहरु बाढीमा फसेका हुन् । बाढीमा ७० बर्षीय एक बृद्ध हराइरहेका छन् ।
बाढीमा फसेकामध्ये केही घाइते भएका छन् । बाढी प्रभावितको उद्धारका लागि चार सयभन्दा बढी उद्धारकर्मी खटिएका छन् ।
छुट्टी मनाउन गएका मध्ये १ सय १६ जना विद्यार्थी रहेको बुझिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्