२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


२३५ ‘आइसीयु’ र एक हजार ‘आइसोलेसन वार्ड’ थपिने


0
Shares

काठमाडौं, चैत ३ । ‘नोभेल कोरोना’ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र केन्द्रमा २३५ ओटा ‘आइसीयु बेड’ बनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, उपत्यकामा एक हजारओटा ‘आइसोलेसन वार्ड’ बनाउने, आन्तरिक उडानमा पनि कडाइ र चेकजाँच गर्ने निर्णय भएको बैठकपछि समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई तलबमा २५ देखि ७५ प्रतिशतसम्म भत्ता र जीवन बिमा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि, समितिको आइतबार बसेको बैठकले ‘कोरोनाभाइरस’ परीक्षणका लागि सातै प्रदेशमा चाँडै नै ‘बीएसएल टुल लेभल’को प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको थियो ।