
काठमाडौं, चैत ३ । पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । कारोबार भने थप खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले सकारात्मक रहेर १३ सय १६ कायम भयो ।
मध्याह्नमा २२ अंक बराबरले उकालो लागिसकेको नेप्से अन्तिम समयतिर शिथिल भएको हो ।
उत्पादनमूलक, होटल र सामूहिक लगानी कोषबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ५३ अंक, जीवन बिमा समूहमा ४८ अंकको सुधार आयो । लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् । उत्पादनमूलक समूहमा ५२ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीको ४१ लाख ९१ हजार कित्ता सेयर जम्मा एक अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्