Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


‘चुनौति सामना गर्न साझा अवधारणा’


156
Shares

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्न समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्स तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीबीच भएको छलफलमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले देशको बिग्रदो अर्थतन्त्रलाई सुधार्न व्यवसायिक ऐक्यबद्धतामा जोड दिनुभएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताउनुभयो ।

कार्यक्रममा व्यवसायीहरूले भारतका सबै बन्दरगाहहरूबाट नेपालमा माल सामान ल्याउन खुला हुनुपर्ने माग पनि गरेका थिए ।