
म्याग्दी, चैत ३ । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको तातोपानी कुण्डमा ‘कोरोनाभाइरस’को त्रासका कारण बिरामीहरुको उपस्थिति घट्दै गएको छ ।
दैनिक ८०० देखि एक हजारसम्मको संख्यामा बिरामी आउने कुण्डमा अहिले ४० देखि ५० को संख्यामा सीमित भएको हो ।
विगत १५ दिनयता कुण्डमा आउनेको संख्या धेरै कम भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका महासाचिव कुमार केसीले जानकारी दिए ।
तातोपानी कुण्डमा वर्षभरि सबैभन्दा धेरै बिरामी फागुन र चैत महिनामा आउने गरेको भएपनि पछिल्ला केही दिनयता बिरामीको संख्यामा अस्वाभाविक कमी आएको हो ।
भीडभाड नहुने उद्देश्यले मुख्य कुण्डबाहेक बाहिरपट्टि पनि नयाँ पोखरी निर्माण गरिएको छ ।
जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने तातोपानीले नेपालभरिका विभिन्न रोगका बिरामीलाई आकर्षित गर्दै आएको छ ।
यसैबीच, कुण्डमा स्नान गर्न आउने बिरामीलाई कोरोनाभाइरससम्बन्धी सचेतनासमेत दिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्