२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै


91
Shares

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (साेमबार) भारतको सामना गर्दैछ ।

भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल साेमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो खेलमा भारतले नेपाललाई शून्यका विरुद्ध ७ गोलले हराएको थियो ।

पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनसिपमा नेपाल अंक बिहीन पुछारमा छ ।