मुख्यमन्त्री कप महिला क्रिकेटमा कर्णालीको विजयी सुरुवात « Imagekhabar – Online News Portal of Nepal


मुख्यमन्त्री कप महिला क्रिकेटमा कर्णालीको विजयी सुरुवात


78
Shares

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३ दशमलव ४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनुसक्यो ।

सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन । सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिइन ।

त्यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डो¥याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन । बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन ।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता ११ गतेसम्म चल्ने छ ।