Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


६ सयले घट्यो सुनको मूल्य


1.5k
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।