
रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका–५ मा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहको उपकरण जडान गर्ने कामले गति लिएको छ ।
चिनियाँ ठेकेदार कम्पनी दोङ्फाङले एक महिना अघिबाट उपकरण जडान गर्ने काम गरेसँगै कामले पछिल्लो समय गति लिएको हो ।
१४ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजनाको कार्यस्थलमा दश चिनियाँ सहित २५ जना नेपाली प्राविधिकले काम गरिरहेका साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिनुभयो ।
सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्