Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कोरोनाभाइरसका कारण मुलुकमा अघोषित संकटकाल लागेको छ : आपूर्तिमन्त्री


0
Shares

काठमाडौं, चैत २ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाभाइरसको कारण देशमा अघोषित संकटकालमा लागेको बताए ।

विश्व उपभोक्ता अधिकार दिवस अवसरमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टले कोरोनाको कारण अघोषित संकटकाल लागेको भन्दै यसलाई टार्नका लागी आफुहरुले काम गरिरहेको बताए ।

कार्यक्रममा मन्त्री भट्टले उपभोक्ता आफै पनि अनुगमनकर्ता हुनुपर्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।

उपभोक्ताले उपभोगमा विवेक पुर्‍याउनुपर्ने भन्दै उनले इन्धन तथा खाद्यवस्तुको मौज्दात नराख्न पनि आग्रह गरे । संकटका बेला काम गरेन भनेर सरकारी निकायलाई आरोप लगाउनुभन्दा कालोबजारी भएको देखेमा सूचना दिन मन्त्री भट्टले आग्रह गरे ।

यस्तै आपूर्ति सचिव वैकुण्ठ अर्यालले उपभोक्ताले ढुक्क हुने अवस्था आउने गरी काम गरिरहेको भन्दै वितरण प्रणालीलाई सहज बनाउने बताए ।

वितरण प्रणाली सहज गर्दै बस्तुको उपलब्धता र गुणस्तरीयतामा जोड दिने अर्यालको भनाइ छ ।

उद्योगा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बजार सूचना प्रणाली र अनुगमनलाई व्यवस्थित गरी तहगत रुपमा बजार विकासको काम गर्ने जानकारी दिए ।

कार्यक्रममा विभिन्न उपभोक्ताकर्मीहरुलाई सम्मान गरिएको थियो ।