
काठमाडौं । ईमेज च्यानलले निर्माण तथा प्रशारण गर्ने मोडलिङ सम्बन्धि टेलिभिजन रियालिटि शो ईमेज मेगा मोडलको चौथो संस्करण आइतबारदेखि सुरु हुदैछ ।
उक्त शो हरेक आइतबार र सोमबार साँझ ८ बजे ईमेज च्यालनबाट प्रसारण हुनेछ ।
सन् २००८ बाट सुरु भएको नेपालकै पहिलो मोडलिङ टेलिभिजन रियालिटि शो ईमेज मेगा मोडल फेशन क्षेत्रमा केही गर्न चाहने युवतीहरुका लागि अवसर श्रृजना गर्ने कार्यक्रम हो ।
सन् २००८ मा पहिलो पटक आयोजना गरिएको ईमेज मेगा मोडलको दोस्रो संस्करण सन् २०१० र तेस्रो संस्करण २०१५ मा आयोजना गरिएको थियो ।
पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, दोस्रो संस्करणमा रश्मिता महर्जन र तेस्रो संस्करणमा अनुज्ञा चन्दले ईमेज मेगा मोडलको उपाधि जितेका थिए ।
चौथो संस्करणका लागि काठमाडौं, पोखरा तथा इटहरीमा अडिसन गरिएको थियो ।
प्रतिस्पर्धीहरुले मोडलिङ सम्बन्धित विभिन्न क्रियाकलाप तथा टास्कहरु पार गर्दै अन्तिम चरणमा पुग्नेछन् भने ईमेज मेगा मोडलको उपाधि जित्ने प्रतिस्पर्धीले पाँच लाख नगद तथा अन्य उपहारहरु जित्ने छन् ।
जोय पपाया सनस्क्रीन क्रिमको प्रमुख प्रायोजन रहेको रियालिटि शोमा एनआईसी एसिया बैंक र टोकला चियाको सहप्रायोजन रहेको छ ।
तीन महिनासम्म चल्ने मोडलीङ टेलिभिजन रियालिटि शोले नेपालको फेशन क्षेत्रमा योगदान पुर्याउने विश्वास ईमेज ग्रुप अफ कम्पनिजले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्