२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


रसुवागढी नाकाबाट आयात बढ्यो


104
Shares

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढाईएको छ । नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भए अनुसार यस साताबाट आयात बढाईएको हो । चिनियाँगढी नाकाबाट पाँच वटा थप गरि दैनिक चौध वटा गाडीबाट सामान आउन थालेको हो

नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन नेपालतर्फबाट सुरक्षा अधिकारी र भन्सार कार्यालयले चिनियाँ अधिकारीहरुलाई आग्रह गरे अनुसार यस साताबाट बिहान सात वटा र बेलुका सात वटा चिनियाँ गाडीले सामान ल्याए सँगै सामाग्रीको आयातमा बृद्घि भएको रसुवा भन्सार प्रमुख राम प्रसाद मैनालीले बताउनुभयो ।

कोरोनाका कारण दुई वर्षदेखि रसुवागढी नाकाबाट कम सामाग्री आयात हुने गरेकोमा नेपाली व्यवसायी समस्यामा परेका थिए । यसबाट अब केही मात्रामा राहत मिलेको नेपाली व्यवसायीहरु बताउँछन् ।

रसुवागढी नाकाबाट साना–ठुला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामाग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।