Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बिपी कोइराला प्रतिष्ठानको सिनेट बैठक चैत २० गते बस्ने


78
Shares

काठमाडौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यहि चैत २० गते बस्ने भएकाे छ ।

प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक यहि चैत २० गतेका लागि बोलाइएको हो । सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानका कुल सिनेट सदस्य २४ जना रहेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले काम नगरेको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरिसकेको छ ।

यसअघि स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकले पद अनुसार दायित्व पूरा नगरेकाले कारबाही गर्न सञ्चालक परिषद समक्ष सिफारिस गर्न सुझाव दिएकोथियो ।उनीहरू अदालत समेत पुगेका थिए ।

अदालतले डा. उपकुलपतिसहितका पदाधिकारीका पक्षमा आदेश दिएपछि उनीहरू पुनःकाममा फर्किसकेका छन् ।