२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’


0
Shares

काठमाडौं, फागुन ३० । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली प्रत्यारोपण गराएको १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रत्यारोपणका लागि उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकहरुले शुक्रबार साँझ डिस्चार्ज गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले हात समातेर बाहिरसम्म ल्याएका  थिए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज दिएको र बाँकी उपचार निजी चिकित्सकहरुले बालुवाटारबाटै गर्ने व्यवस्था मिलाइएको बताए ।

प्रधानमन्त्री ओलीलाई ३१ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

प्रधानमन्त्रीको उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।