संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस


182
Shares

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।

त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो । १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमाले विरोधमा थियो ।