Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


प्रधानमन्त्री ओलीलाई ‘डिस्चार्ज’ गरिँदै


0
Shares

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) अस्पतालबाट ‘डिस्चार्ज’ हुँदैछन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको दशौं दिनमा उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

हाल उनको स्वास्थ्य अवस्था राम्रो रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्णस्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’–अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।