Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


बालिकाको अपहरणमा संलग्न चन्द समूहका १४ कार्यकर्ता पक्राउ


0
Shares

उदयपुर, फागुन २९ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले अपहरण गरेकी धनुषाकी १४ वर्षीया बालिकाको प्रहरीले २४ घन्टापछि सकुशल उद्धार गरेको छ ।

धनुषाको गणेशनाथ चारथान नगरपालिका–५, गौरीखेलबा अपहरणमा परेकी १४ वर्षीया बालिका गरिमा मोक्तानको उदयपुरको कटारी नगरपालिका–१, खसीबासबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको अपहरणमा संलग्न चन्द समूहका १४ जना कार्यकर्ता पक्राउ परेका छन् ।

चन्द समूहले ती बालिकालाई लडाकू बनाउने उद्देश्यले अपहरण गरेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले चन्द समूहका कार्यकर्ताहरूबाट तीनओटा पेस्तोल, ११ ओटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।