Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


‘प्रेस’को मोटरसाइकलमा लागुऔषध, दुईजना नियन्त्रणमा


0
Shares

बारा, फागुन २७ । इलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखिएको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्जका जितेन्द्रकुमार सिंह र भारतका नासिर आलम छन् ।

चेकजाँचको क्रममा शंका लागि खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको बाराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले डाइजीपाम ३०० पिस, नुफिन ३०० पिस, फेनारगन ३०० पिस गरी जम्मा ९०० पिस लागुऔषध बरामद गरेको जनाएको छ ।